बिहीबार, चैत ५, २०८२

के महिनावारी हुँदा तपाइको पेट सुन्निने समस्या छ?

महिनावारी हुँदा महिलाहरूले थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्छ। यो समयमा पेट सुन्निने समस्या पिन हुन्छ। केही महिलामा यस्तो समस्या महिनावारीका दौरान हुन्छ। र, केहीमा महिनावारी अघि नै।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

महिनावारी हुँदा महिलाहरूले थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्छ। यो समयमा पेट सुन्निने  समस्या पिन हुन्छ। केही महिलामा यस्तो समस्या महिनावारीका दौरान हुन्छ। र, केहीमा महिनावारी अघि नै।

National life

महिनावारीमा पेट सुन्निने समस्या हार्मोनका कारण हुनेगर्छ। ब्लिडिङ सुरु हुनुभन्दा पहिले शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको मात्रमा परिवर्तन हुन्छ। महिनावारी हुनुभन्दा एक हप्ता पहिलेदेखि नै प्रोजेस्टेरोन हार्मोनको स्तरमा कमी आउँछ। 

यस बदलावले पेटको काम कमजोर हुन्छ। जसले गर्दा पेटमा पानी र नुन जम्मा हुनथाल्छ। यसलाई अंग्रेजीमा वाटर  रिटेशन भनिन्छ। 

महिनावारी सकिएसँगै पेट सुन्निने समस्या पनि आफै ठिक हुन्छ। धेरै पेट सुन्निएको अवस्थामा महिनावारीको समयमा कागती पानी पिउन सकिन्छ। यसमा साइट्रिक एसिडको मात्रा बढी हुन्छ। यसले पेटको समस्या कन्ट्रोल गर्न मद्दत गर्छ। यस्तो समस्या हुँदा कागती पानीलाई हल्का मनतातो पानीमा मिलाएर पिउनुपर्छ।

यस्तो अवस्थामा नारियल पानी पिउनु राम्रो हुन्छ। नारियल पानीमा हुने भिटामिन र मिनरलले स्वास्थ्यमा निकै फाइदा पुगाउँछ। यस्तै एक ग्लास पानीमा एक चम्मच ज्वानो र थोरै हिङ तथा नुन मिलाएर उमालेको पानी छानेर पिउँदा पनि स्वास्थ्य लाभ लिन सकिन्छ।

Laxmi sunrise bank
kumari

यस्तै कालो नुन र जिरा पाउडरलाई पानीमा मनतातो बनाएर  पिउँदा पनि स्वास्थ्य लाभ लिनसकिन्छ। र, एलोवेरा जुसले पनि महिनावारीको समयमा भएको पेट सुन्निने समस्याबाट राहत दिन्छ। यसको जुसले पेटमा रहेका ब्याक्टेरियाबाट छुटकारा दिन्छ। र, यसले रक्तस्राव प नि कमगर्छ। महिनावारी भएको समयमा दिनमा दुईदेखि तीन पटकसम्म एलोवेराको जुस पिउन सकिन्छ।

व्यायाम त झनै सबैका लागि निकै महत्त्वपूर्ण कुरा हो। महिनावारी भएको समयमा कडा व्यायाम गर्नू हुँदैन। तर, हल्का एक्सरसाइज भने गर्नुपर्छ। चिया, कफी, सोडा र कार्वोनेटेड ड्रिङ्कको सेवन गर्नु हुँदैन। - भास्कर दैनिकबाट

प्रकाशित: Feb 10, 2022| 09:30 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्