बिहीबार, चैत ५, २०८२

सानै उमेरमा पनि हुनसक्छ हृदयाघात

बढ्दो उमेरसँगै मुटुसम्बन्धी रोगलाई समस्याको रूपमा हेरिन्छ। तर, पछिल्लो समयमा युवाहरू पनि यसको सिकार भइरहेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- बढ्दो उमेरसँगै मुटुसम्बन्धी रोगलाई समस्याको रूपमा हेरिन्छ। तर, पछिल्लो समयमा युवाहरू पनि यसको सिकार भइरहेका छन्। यति मात्र होइन ४० वर्ष मुनिका व्यक्तिको हृदयाघातका कारण मृत्यु हुनेको घटना पनि देखिएको छ। किन युवाहरू हृदयाघातका सिकार हुनेगरेका छन् भन्ने अहिलेको मुख्य प्रश्न रहेको छ।

National life

पछिल्ला केही वर्षयता हाम्रो जीवनशैली र खानपान यति गडबड भएको छ कि मानिसमा विभिन्न किसिमका मुटु रोगका बिरामी बढ्दै गएका छन्।

यसबाट बच्नका लागि हामी सबै यसबारे विशेष सचेत हुन आवश्यक छ। हृदयाघातका कारण हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ। 

मोटोपन 

धेरै तौल भएका मानिसहरूलाई हृदयाघातको जोखिम अन्य मानिसहरूको तुलनामा बढी हुन्छ। मोटोपनाले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड, रक्तचाप र मधुमेहको जोखिम बढाउँछ। यी सबै हृदय रोगको प्रमुख जोखिम कारक मानिन्छन्। 

Laxmi sunrise bank
kumari

स्वास्थ्य विशेषज्ञका अनुसार शरीरको अतिरिक्त तौललाई १० प्रतिशतले मात्र घटाएर यो जोखिम कम गर्न सकिन्छ।

तनाव 

यदि तपाईं धेरै तनाव लिनुहुन्छ भने तपाईंलाई अन्य मानिसहरूको तुलनामा हृदयाघातको जोखिम बढ्न सक्छ। तनावका कारण पनि रक्तचाप बढ्छ जुन मुटुको स्वास्थ्यका लागि हानिकारक मानिन्छ। थप रूपमा विभिन्न प्रकारका उत्तेजक औषधिहरू प्रयोग गर्दा तपाईंको कोरोनरी धमनीहरू ऐठन हुन सक्छ। जसले हृदयाघात पनि निम्त्याउन सक्छ।

धूमपान 

धूम्रपान नगर्नेहरूको तुलनामा धूम्रपान गर्नेहरूलाई कोरोनरी हृदय रोग र हृदयाघातको जोखिम धेरै हुन्छ। धूमपानले धमनी र मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्छ। जसले सानै उमेरमा हृदयाघातको जोखिम बढाउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार मुटुरोग, हृदयाघातजस्ता जोखिमबाट बच्नका लागि तुरुन्तै धूमपानबाट टाढिनुपर्छ। - अमर उजालाबाट

प्रकाशित: Feb 10, 2022| 08:20 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्