बिहीबार, चैत ५, २०८२

२४ सय संक्रमित थपिए, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ३५६ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

National life

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ संक्रमणमुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ। आजको संक्रमणदर १६ प्रतिशत हो।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ छ। मन्त्रालयले संक्रमणदर कम हुँदै गए पनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न सबैसँग आग्रह गरेको छ। 

यसैबीच, पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: Feb 09, 2022| 16:50 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्