बिहीबार, चैत ५, २०८२

सीटीईभीटीलाई ब्रिटिस काउन्सिलले दियो ९ वटा बस

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई ब्रिटिस काउन्सिलले ९ वटा बस हस्तान्तरण गरेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई ब्रिटिस काउन्सिलले ९ वटा बस हस्तान्तरण गरेको छ।

National life

काउन्सिलअन्तर्गत दक्षता परियोजनाका टोली प्रमुख एरिक विन्थर स्मीटले सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेलाई ९ बस हस्तान्तरण गरेका हुन्।

काउन्सिलले बसहरु सीप विकासमा रोजगारदाताको सहभागितालाई प्रोत्साहन गर्ने परियोजना अन्तर्गत परिषद् अन्तर्गतका  ९ वटा विद्यालयलाई उपलब्ध गराएको हो। नेपालभर प्राविधिक तथा व्यावसायिक तालिम (टिभिइटी)मा पहुँच बढाउने प्रयास अन्तर्गत ती बस प्रदान गरिएका काउन्सिलले जनाएको छ।

यी बसले टिभिइटीका विद्यार्थीलाई तालिममा उपस्थित हुन सहयोग पुग्ने सीटीईभीटीका सदस्य सचिव काफ्लेले बताए।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक शहिदा म्याकडुगलले विद्यार्थी र शिक्षक दुवैका लागि पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए।  देशभरका ९ वटा सीटीईभीटी विद्यालयहरुमा सञ्चालन गरिएको परियोजनाले संस्थागत, क्षेत्रीय, राष्ट्रिय र केन्द्रीय तहमा सार्वजनिक र नीजि क्षेत्र दुवैमा क्षमता अभिवृद्धिको प्रवद्धन गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

यो परियोजनामा युरोपियन युनियनको आर्थिक सहयोग रहेको र ब्रिटिस काउन्सिल नेपालले व्यवस्थापन गर्दै आएको छ।

प्रकाशित: Feb 09, 2022| 16:33 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्