बिहीबार, चैत ५, २०८२

बुस्टर डोज पनि नि:शुल्क दिइन्छ : स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नेपालीलाई निशुल्क रूपमा कोरोना विरुद्धको बुस्टर डोज पनि उपलब्ध गराइने बताएका छन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नेपालीलाई निशुल्क रूपमा कोरोना विरुद्धको बुस्टर डोज पनि उपलब्ध गराइने बताएका छन्। बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन्।

National life

'हामीले ५-११ उमेरसमूहकालाई पनि खोप ल्याउन प्रयत्न गरिरहेका छौँ फाइजर खोप। यसको उपलब्धतामा कमी हुँदैन। बढीभन्दा बढी विद्यार्थीहरू र त्यो उमेर समूहका नागरिकलाई पनि खोप लगाउनको लागि प्रेरित गर्नुपर्छ। अबको केही दिनभित्रमा नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज लगाउँदैछौँ,' उनले भने। 

उनले विद्यार्थीलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाएका थिए। मन्त्री खतिवडाले सरकार कोरोनाबिरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताए। 

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरू गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट बञ्चित भएको बताए। उनले विपन्न नागरिकहरुको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने उल्लेख गरे। 

अनेरास्ववियूले भने विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न र टिचिङ, वीर र पाटन जस्ता सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुर लगायत आर्थिक अभाव रहेका वर्गका नागरिकको उपचार निःशुल्क गर्न माग गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 09, 2022| 16:18 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्