शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनताको घरदैलोमा पुग्न कस्तो रणनीति बनाउँदैछन् दलहरू?

प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणको मिति तोकेको छ। यस्तै सत्तासीन दलहरु पनि चुनाव केन्द्रित रणनीतिका लागि छलफल सुरु गरेका छन्।
 |  बुधबार, माघ २६, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, माघ २६, २०७८

काठमाडौं- स्थानीय तह निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक दलहरू जनताको दैलोमा जाने तयारीमा जुटेका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणको मिति तोकेको छ। यस्तै सत्तासीन दलहरु पनि चुनाव केन्द्रित रणनीतिका लागि छलफल सुरु गरेका छन्।

triton college

प्रमुख प्रतिपक्षी दल एमालेले सातै प्रदेशमा चुनावी तयारीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। एमाले सचिव एवं पार्टीका सुदूरपश्चिम संयोजक लेखराज भट्टले पार्टीको प्रचारप्रसार विभागले देशैभर प्रशिक्षणका कार्यक्रम तय गरेको जानकारी दिए। 

'विभागले कसरी प्रशिक्षण अगाडि बढाउने भन्ने मापदण्ड बनाउनेछ। हामी सोहीअनुरुप अगाडि बढ्नेछौं। सुदूरपश्चिममा फागुन १७ र १७ गते प्रशिक्षण कार्यक्रम छ,' उनले भने। भट्टले एमालेलाई जनताले साथ दिनेमा आफूहरू विश्वस्त रहेको बताए। एमाले बलियो भएकै कारण पार्टीविरुद्ध विभिन्न क्षेत्रबाट मोर्चाबन्दी भइरहेको टिप्पणी उनको छ।

'हाम्रा काम जनताले देखेकै छन्। खुसी नेपाली समृद्ध नेपाल हाम्रै एजेन्डा हो। जनताको सपनालाई एमालेले मात्र साकार पार्नसक्छ। हामी हाम्रा केही कमीकमजोरी भए सच्याउँदै जनताको उक्त सपनालाई पूरा गर्नतर्फ सधैं उद्यत हुनेछौं,' सचिव भट्टले भने। 

कांग्रेसले पनि चुनाव केन्द्रित छलफल थालेको छ। २७ माघमा बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट चुनावी रणनीति तय गर्ने योजना कांग्रेसको छ।
एमालेले प्रदेश १ को विराटनगरमा फागुन १ र २ गते, मधेश प्रदेशको जनकपुरमा ३ र ४ गते र बागमतीको काठमाडौंमा ६ र ७ गते शिक्षण कार्यक्रम राखेको छ। यस्तै गण्डकीको पोखरामा ८ र ९ गते, लुम्बिनीको बुटवलमा ११ र १२, कर्णालीको सुर्खेतमा १४ र १५ गते र सुदूरपश्चिमको धनगढीमा १७ र १८ गते प्रशिक्षण कार्यक्रम राखिएको भट्टले जानकारी दिए। कांग्रेसले पनि चुनाव केन्द्रित छलफल थालेको छ। २७ माघमा बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट चुनावी रणनीति तय गर्ने योजना कांग्रेसको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्नो दलका नेता कार्यकर्ता जनताको घरदैलोमा जाने कार्यक्रम सुरु भइसकेको बताए। 'माघ २७ मा बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चुनावी एजेन्डाबारे छलफल गर्नेछ। हामीले कार्यकर्तालाई कसरी परिचालन गर्ने भनेर रणनीति बनाउनेछौं,' उनले भने।

उनले कांग्रेस जनताकै माझमा रहेको र यसअघिका गतिविधिले कांग्रेसले मात्रै देशको भलो गर्नसक्ने कुराको पुष्टि भइसकेकाले सबै नेताकार्यकर्ताले जनतालाई यो कुरा बुझाउन सक्नुपर्ने बताए। 'अहिलेको आवश्यकता आर्थिक समृद्धि हो। राजनीतिक स्थायित्व हो। यो कुरा कांग्रेसबाट मात्र सम्भव छ,' नेपाल समयसँग कुरा गर्दै नेता महतले भने।

माओवादीले पनि २७ र २९ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा यो पार्टीको महत्त्वपूर्ण एजेन्डा बन्ने बताए।
माओवादी केन्द्रको हालै सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टी पदाधिकारीको चयन हुन सकेको छैन। आगामी केन्द्रीय समिति बैठकले पार्टीको पूर्णतामा समेत छलफल गर्ने श्रेष्ठले बताए।

'हामी पहिलेदेखि नै चुनाव हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसले हाम्रो पार्टीले निर्वाचनको व्यवस्थित तयारीका लागि ठोस योजना बनाउनेछ , समग्र पार्टी पंक्तिलाई त्यसपछि निर्देशन दिनेछ,' उनले भने। नेता श्रेष्ठले नेताकार्यकर्ताले जनतालाई नेपाली राजनीतिमा माओवादीको योगदान, आवश्यकता र अपरिहार्यता  बुझाउन सक्नुपर्ने बताए।

Metro Mart
vianet

माओवादी केन्द्रको हालै सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टी पदाधिकारीको चयन हुन सकेको छैन। आगामी केन्द्रीय समिति बैठकले पार्टीको पूर्णतामा समेत छलफल गर्ने उनले बताए।

एकीकृत समाजवादीले पनि स्थानीय तह निर्वाचनमा पार्टी रणनीतिबारे बुधबार जानकारी दिने  प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

जनता समाजवादीले पनि निर्वाचनका बारेमा तयारी थालेको छ। जसपाले यसबारेमा रणनीति तय गर्न केही दिनमै पार्टी केन्द्रीय समिति बैठक बोलाउने  बताएको छ।

के गर्दैछ निर्वाचन आयोग?

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। त्यसको औपचारिक जानकारी निर्वाचन आयोगमा अझै पुग्न सकेको छैन। निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्देशन दिएको छ। आयोगले छिट्टै नै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने प्रवक्ता  शालिकराम शर्मा पौडेलले जानकारी दिए।

सोमबारसम्म १८ वर्ष पुगेका करिब ११ लाख जनाको मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावली संकलन कार्य स्थगन गरेर आयोगले निर्वाचनमा भाग लिनेहरूको नामलाई अन्तिम रूप दिने तयारी थालेको बताए।

मतदाता नामावली अभियानमार्फत सूचीकृत भएका नामलाई अन्तिम रूप दिन ५० देखि ६० दिन लाग्ने उनले बताए।  निर्वाचन कार्यालयले इलाका, जिल्ला प्रशासन कार्यालयबाट नामावलीको सूची संकलन गरी जिल्ला निर्वाचन कार्यालयमा बुझाउँछ। त्यसपछि सो नामावलीको सूची केन्द्रमा पठाइन्छ।

केन्द्रमा आएको नामावली सूचीलाई केन्द्रले पुनः मतदाता नामावली दाबी विरोधका लागि जिल्लाजिल्लामै पठाउँछ। दाबी विरोधमा परेका उजुरीहरूलाई छानबिन गरी जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा नामावली पुनः पठाउँछ।

त्यसपछि निर्वाचन आयोगले मतदाता नामावलीको तथ्यांकलाई अन्तिम रूप दिने काम गर्ने बताइएको छ। यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूको चाँडै पहिचान गर्ने जनाएको छ। राजनीतिक दलहरूको निर्वाचन प्रयोजनात्मक दल दर्ता आह्वान गर्ने तयारी आयोगले थालेको छ।

हाल निर्वाचन आयोगमा १०५ वटा दलहरू दर्ता छन्। कति दलले स्थानीय तहको चुनावमा सहभागिता जनाउँछन् भन्ने बारे दल दर्ता भइसकेपछि मात्रै टुंगो लाग्ने आयोगले जनाएको छ। सरकारले निर्वाचनको मिति टुंग्याइसकेको अवस्थामा आफूनहरू निर्वाचन गराउनका लागि पूर्ण तयार रहेको आयोगका अधिकारी बताउँछन्। 

प्रकाशित: Feb 09, 2022| 14:46 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...