बिहीबार, चैत ५, २०८२

शिक्षकका मुद्दामा राज्य गम्भीर छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनपर्ने बताएका छन्। शिक्षक सेवा आयोगको २३औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकले उठाएका मुद्दाहरुमा राज्य गम्भीर भएको बताए। शिक्षकहरुका माग राज्यले पूरा गर्दै गइरहेको भन्दै उनले शिक्षकले पनि आफ्नो कतंव्य निर्वाहमा कुनै कसर बाँकी राख्न नहुने बताए। 

National life

‘शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज गएको छ। शिक्षक सम्मानित पेशा हो। यसलाई दिगो बनाइराख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनुपर्छ।’

मन्त्री पौडेलले शिक्षक सेवाआयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा जोड दिए। शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै उनले अध्यापन अनुमतिपत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिएको बताए।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडि बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्नेतर्फ उनले जोड दिएका छन्। उनले एक्सनपछि रियाक्सन हुने भन्दै शिक्षकको उमेर हदको विषयलाई वार्तामार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

राज्यमन्त्री बोधकुमारी माया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरिन्। विगतका कमी  कमजोरीलाई सच्याउँदै जानुपर्ने बताउँदै उनले आयोगलाई थप उत्कृष्ट बनाउन कर्मचारीसँग सहकार्य गरी अघि बढ्ने बताइन्।

Laxmi sunrise bank
kumari

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले शिक्षकहरु आफ्नो जिम्मेवारीप्रति बफादार हुनुपर्ने बताए। शिक्षक सेवा आयोगको परीक्षामाथि विभिन्न प्रकारका प्रश्न उठ्न सक्ने भन्दै उनले लोकसेवा आयोगले जस्तै परीक्षामा पारदर्शी हुनेमा विश्वास व्यक्त गरे। 

शिक्षक सेवा आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै २ लाख  ३५ हजार ५ सय बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी दिए।

प्रकाशित: Feb 09, 2022| 13:00 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्