बिहीबार, चैत ५, २०८२

बुधबार बेलुकासम्म स्वास्थ्य मन्त्रालयलाई खोप विवरण बुझाइसक्नु पर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रूपमा खोप विवरण बुझाउन निर्देशन दिएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रूपमा खोप विवरण बुझाउन निर्देशन दिएको छ। पत्राचार गर्दै मन्त्रालयले आज बेलुकासम्म विवरण बुझाउन सम्बन्धित निकायलाई निर्देश दिएको हो।

यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए। तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुन: सूचना जारी गरेको हो। 

खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रूपमा पठाउन भनिएको छ। खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

प्रकाशित: Feb 09, 2022| 09:25 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्