बिहीबार, चैत ५, २०८२

एसइई परीक्षा निर्वाचन अगावै गर्ने तयारी

'वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी हामीले तयारी थालेका छौं। एक दुई दिनमै परीक्षाको मिति सार्वजनिक गर्ने छौं,’ उनले भने। उनले वैशाखको ११ गतेभित्र परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक हुनसक्ने बताएका छन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्वाचन अगावै गर्ने जनाएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम सुरू गरिसकेको छ।

National life

निर्वाचन भएको अवस्थामा निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने गरी तयारी थालिएको  परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।  उनले एक दुई दिनमै बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरिने जानकारी दिएका छन्। 

'वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी हामीले तयारी थालेका छौं। एक दुई दिनमै परीक्षाको मिति सार्वजनिक गर्ने छौं,’ उनले भने। उनले वैशाखको ११ गतेभित्र परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक हुनसक्ने बताएका छन्।

निर्वाचन आयोगले सबै सरकारी कर्मचारीलाई निर्वाचन अधिकृत वा अन्य कामका लागि खटाउने गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र अनलाइनबाट पठाउने या छापिएको प्रश्नपत्र तयार गर्ने हो भन्ने विषयमा छलफल गरिरहेको उनले बताए। 

बोर्डले गत वर्ष कक्षा १२ को प्रश्नपत्र अनलाइनमार्फत पठाएको थियो। इन्टरनेटको सुविधा नभएका केही हिमाली जिल्लाका लागि मात्रै प्रश्नपत्र छपाइ गरिएको थियो। रायमाझीले यस वर्ष पनि के गर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकिएको बताएका छन्।

Laxmi sunrise bank
kumari

रायमाझीले जिल्ला शिक्षा समन्वय इकाइले हालसम्म करिब ७० जिल्लाबाट केन्द्र छनौट गरी पनिकामा पठाइसकेको जानकारी दिएका छन्। करिब ७ वटा इकाइले केन्द्र कायम गरी पठाउने तयारी गरिरहेको छ। यस वर्ष करिब ५ लाख ८ हजार परीक्षार्थी रहने अनुमान गरिएको छ।

प्रकाशित: Feb 09, 2022| 07:40 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्