बिहीबार, असार ११, २०८३

मिर्गौलापीडित रानाको सहयोगमा जुट्दै वाइसीएल

खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न संघसंस्था र व्यक्तिबाट गरी हालसम्म एक लाख ७० हजार संकलन भएको जनाएको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

तनहुँ- व्यासनगरपालिका-१४ निवासी १९ वर्षीय खुश्वु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ। खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न संघसंस्था र व्यक्तिबाट गरी हालसम्म एक लाख ७० हजार संकलन भएको जनाएको छ।

National life

केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उनको जीवनरक्षाका लागि अर्थ संकलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए। आर्थीक अवस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम संकलन भएको उनले बताए।

संकलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उनले जानकारी दिए। राना बचाउ अभियानमा सनगरपालिका–१ स्थित अडमपानी टोल विकास संस्थाबाट ४२ हजार ९६५, नेपाली सेनाका श्रीमतीहरूको समूहबाट १३ हजार, सिङ्गापुरे पुलिसमा कार्यरत सन्दीप मगरबाट १० हजार, कीर्ति मगरको सक्रियतामा १० हजार र नीरज मगरबाट १० हजार आर्थिक सहयोग प्राप्त भएको छ। त्यसैगरी व्यास–१४ निवासी आज थापा र अमृत आलिसेबाट छ हजार ३३३ गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानबाट पाँच हजार, इन्डियन आर्मीमा कार्यरत अमृत गुरुङबाट पाँच हजार, आँबुखैरेनी वाइसीएल गाउँ कमिटीबाट पाँच हजार सहयोग प्राप्त भएको छ।

त्यसैगरी व्यास–१ भादगाउँ निवासी सन्दीप क्षेत्रीबाट पाँच हजार १२१, श्रीकला ब्यूटीपार्लर सञ्चालिका सिजिका थापा मगरबाट पाँच हजार, माओवादी व्यास नगर कमिटीका सहसचिव हर्कबहादुर थापाबाट पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ। माओवादी गण्डकी प्रदेश सदस्य शुक्र चुमानबाट पाँच हजार, सुमती थापाबाट पाँच हजार, बन्दीपुर गाउँपालिका उपाध्यक्षबाट पाँच हजारलगायतका विभिन्न व्यक्तिबाट एक हजारदेखि पाँच हजारसम्म सहयोग प्राप्त भएको वाइसिएल नेपाल व्यासनगर कमिटीले जनाएको छ।

रासस

Shivam cement

प्रकाशित: Feb 08, 2022| 10:09 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।