शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले  देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी दिएको छ।

मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल देखी मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भू-भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: Aug 14, 2026| 07:12 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्