बिहीबार, असार ११, २०८३

२३ वर्षपछि खाग तस्कर पक्राउ

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८
National life
Shivam cement

चितवन- गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका-२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्।

न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो। विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट पक्राउ गरिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड-१९ संक्रमण देखिएको थियो। कोभिड संक्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए। विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनमा लागेको थियो। सो घटनामा १२ जना आरोपित भएका थिए।

प्रकाशित: Feb 08, 2022| 09:05 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।