शुक्रबार, जेठ १, २०८३

६,१४६ जना संक्रमण मुक्त हुँदा थपिए १,५७० संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा ६१४६ जना संक्रमणमुक्त भएका छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा ६१४६ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टनामा ११ हजार ३६५ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा जनाइएको छ। मन्त्रालयका अनुसार थप १३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८२७ पगेको छ।

यस्तै आज सक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। आज थप १ लाख ७८ हजार ५७९ जनाले कोरोना खोप लगाएका छन्।


प्रकाशित: Feb 07, 2022| 17:28 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्