शुक्रबार, जेठ १, २०८३

१३ सय ८६ संक्रमित थपिए, संक्रमणदर १८ प्रतिशत

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

९ हजार २५१ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७०४ संक्रमणमुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ। 

गत हप्ताको तुलनामा यो हप्ता १२ प्रतिशतले कमी आए पनि अझै संक्रमणदर १८ प्रतिशत रहेको मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले बताइन्। कोभिड संक्रमण कम भए पनि जोखिम भने कम नभएको उनले बताइन्। 

प्रकाशित: Feb 06, 2022| 16:33 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्