बिहीबार, चैत ५, २०८२

किन फर्फराउँछ आँखा? यस्ता छन् ४ कारण

आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ। तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्‍न गरिन्छ। सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग–अलग संकेतका रुपमा बुझ्‍न सकिन्छ। पुरुषको दाँया आँखा फर्फराएको शुभ मानिन्छ भने महिलाको बाँया आँखा फर्फराउनु शुभ मानिन्छ।

National life

सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ। यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ। तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ। महिलाको बाँया आँखा फर्फराएमा सुनचान्दी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ।

तर सबै बेला आँखा फर्फराउनुमा शुभ संकेत नहुन पनि सक्छ। वैज्ञानिक कारण अनुसार आँखा फर्फराउनुमा निम्न कारण हुनसक्छ।

आँखामा समस्या

Laxmi sunrise bank
kumari

आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ। लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ।

तनाव

कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ। तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ। तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ।

थकान

अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ। यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ।

सुख्खापन

आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ। यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ।



प्रकाशित: Feb 06, 2022| 05:30 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्