बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकको अध्यक्षमा भोजबहादुर चयन, गर्भनरसमक्ष सपथ

मेगा बैंकको अध्यक्षमा भोजबहादुर चयन, गर्भनरसमक्ष सपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। मेगा बैंकको सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि भोजबहादुर शाह अध्यक्ष रहेको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।

साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेस भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको छ। वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो।
 
सोही अवसरमा सर्वसम्मतीबाट बैंकको अध्यक्षमा चयन भएका भोजबहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ लिएका थिए।
 
चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकमध्ये दोस्रो ठुलो बैंकको रुपमा रहेको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्