बिहीबार, चैत ५, २०८२

विश्वभर कोरोना संक्रमितको संख्या ३९ करोड नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ करोड नाघेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३९ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २७ लाख ३१ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३९ करोड १० लाख ७९ हजार २ सय ८३ पुगेको छ।

National life

वल्डोमिटरका अनुसार कूल संक्रमित मध्ये ३१ करोड ८३ हजार ८९६ जनाले संक्रमण जितेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ९७१ जना संक्रमण मुक्त भएका छन्। यस्तै गत २४ घण्टामा ९ हजार ९ सय १० संक्रमितको भने मृत्यु भएको छ।

योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ लाख ४१ हजार ५१३ पुगेको छ। अझै पनि विश्वभर ७ करोड ५२ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९० हजारको अवस्था जटिल रहेको छ।

प्रकाशित: Feb 05, 2022| 06:31 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्