बिहीबार, चैत ५, २०८२

फागुन १ गतेबाट विद्यालय खुलाउन सुझाव

कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो।

National life

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यालय खुलाउने विषयमा सरोकारवालाका विभिन्न खाले राय आएको बताए। शिक्षामन्त्री देवेन्द्र पौडेलले यसअघि नै लामो समयसम्म विद्यालय बन्द गर्न नहुने र अवस्था हेरेर खुलाउने प्रक्रियामा जान भनेकाले मन्त्रालयले पनि विद्यालय लामो समय बन्द गर्नु नहुने धारणा राखेको उनको भनाइ छ। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते नै शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो। 

छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा डीसीएमसी र स्थानीय तहसँग छलफल गरेर केही दिनपछि विद्यालय खुलाउँदै जाने विषयमा छलफलका भएको छ। यस विषयमा अब बस्ने सीसीएमसीको बैठकले निर्णय गर्नेछ।

Laxmi sunrise bank
kumari

नेपालमा कोरोना संक्रमणदर बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निणर्य गरेको थियो।

प्रकाशित: Feb 04, 2022| 17:15 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्