बिहीबार, चैत ५, २०८२

प्रत्येक प्रदेशमा क्यान्सर अस्पताल आवश्यक छ : स्वास्थ्यराज्यमन्त्री खापुङ

क्यान्सर घातक रोग भएको र उपचार पनि महँगो भएकाले जनताको सहज पहुँच स्थापना गर्नपर्ने भएपनि त्यसका लागि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले प्रत्येक प्रदेशमा एक क्यान्सर अस्पताल आवश्यक रहेको बताएका छन्। विश्व क्यान्सर दिवसका अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री खापुङले क्यान्सर अस्पताललाई प्रादेशिक रूपमा विस्तार गर्नुपर्ने बताएका हुन्। 

क्यान्सर घातक रोग भएको र उपचार पनि महँगो भएकाले जनताको सहज पहुँच स्थापना गर्नपर्ने भएपनि त्यसका लागि धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो। 

‘जनतालाई कसरी सहज र सस्तो सेवा दिन सकिन्छ भनेर ध्यान दिन जरुरी छ।  सरकारले पनि सोही अनुसार कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेछ,’ उनले भने। नेपालमा विशेषज्ञ सेवा भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले क्यान्सरको उपचार थाल्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Feb 04, 2022| 15:45 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्