बिहीबार, चैत ५, २०८२

‘नेपालमा ओमिक्रोन संक्रमण दर घट्यो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको जनाएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको जनाएको छ।

National life

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन्। 

उनले पहिले एक जना मान्छेमा भएको भाइरस तीन जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन्। प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको जानकारी दिइन्।

उनले भनिन्, ‘स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेको हो।’ मिश्रले स्वास्थ्य मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई सचेत गराएकी छन्।

प्रवक्ता मिश्रले भनिन्, ‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ। जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दर बिस्तारै घटिराखेको छ।’ 

Laxmi sunrise bank
kumari

मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्। उनका अनुसार खोप अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको छ।

खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका डकुमेन्ट नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले बताइन्।

उले भनिन्, ‘हालको अवस्था हेदौ हामीसँग खोपको कुनै कमी छैन। विभिन्न प्रकारका खोप पाइपलाइन पनि छ। कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै गम्भीर छ।’

समयमै खोप उपलब्ध गराउन कतिपय ठाउँमा त भण्डारण केन्द्रको स्थापना पनि भइसकेको उनले जानकारी दिइन्। । उनले भनिन्, ‘स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको छ। कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटून भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन। तर त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ।’


प्रकाशित: Feb 04, 2022| 15:10 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्