बिहीबार, चैत ५, २०८२

स्थानीय चुनावअघि सबै परीक्षा सक्ने तयारी

निर्वाचन हुँदा पठनपाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी पनि भएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- आगामी जेठ पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भएसँगै सरकारले त्यसअघि नै विद्यालयदेखि विश्वविद्यालय तहका सबै परीक्षा सक्ने येजना बनाएको छ। निर्वाचन हुँदा पठनपाठनमा असर पर्ने भएकोले त्यसअघि नै स्थगित भएका परीक्षा सक्नु जरुरी पनि भएको छ। 

National life

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठअघि नै परीक्षा गर्न विश्वविद्यालयलाई आग्रह गरेको छ। विद्यालय तहको परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डलाई पनि यस्तै निर्देशन मन्त्रालयले दिएको बताइएको छ। कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनका कारण अहिले शिक्षण संस्था बन्द भएपछि भौतिक रुपमा हुने पठनपाठन र सबै परीक्षा स्थगित छन्।

तर, स्थगित परीक्षा पुनः सञ्चालन गर्न त्रिवि र सीटीईभीटीले तयारी गरिसकेका छन्। त्रिविका परीक्षा फागुनमै हुने भएका छन्। त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि विभिन्न संकायका परीक्षाहरू सुरु गर्ने जनाइसकेको छ। पूर्वाञ्चल, पोखरा र काठमाडौं विश्वविद्यालयले पनि परीक्षाको तालिका सार्वजनिक गर्ने तयारी गरेका छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले हिजो बिहीबार सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे बिएससी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन १ गतेदेखि हुने जनाइएको छ। साथै, वार्षिक परीक्षा प्रणालीअनुसारको तीन वर्षे एलएलबी नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। सिसिएमसीको निर्देशनपछि त्रिविले माघ मसान्तदेखि परीक्षा र भौतिक रुपमा पठनपाठन तथा परीक्षाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो। त्रिविले माघ मसान्तसम्म परीक्षा तथा प्रत्यक्ष कक्षा सञ्चालन गरिरहेको छैन। 

उता, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख दोस्रो साता र कक्षा १२ को जेठमा गर्ने निर्णय गरिसकेको छ। त्यसको लागि आउँदो हप्ता बोर्डको बैठकले परीक्षाको तालिका अनुमोदन गर्नेछ। स्थानीय तहले चैत महिनाभित्र कक्षा ८ को परीक्षा लिने तयारी थालेका छन्। शिक्षा मन्त्रालयले पनि निर्वाचनअघि नै कक्षा ८, एसईई र १२ को परीक्षा गर्न सबैलाई आग्रह गरेको छ। 

Laxmi sunrise bank
kumari

कोरोना संक्रमितको संख्या घट्दै गएका कारण सरकारले फागुनको दोस्रो साताबाट विद्यालय खोल्ने तयारी गरेको छ। उता, लोकसेवा आयोगले पनि स्थगित भएका परीक्षा फागुनमै गर्ने तयारी गरेको छ।

प्रकाशित: Feb 04, 2022| 09:42 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्