बिहीबार, चैत ५, २०८२

'क्लोजिङ द ग्याप इन क्यान्सर केयर' भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै

क्यान्सर रोगविरुद्ध सचेतनाका लागि नेपाल सरकारले पनि हरेक बर्ष ४ फेब्रुअरीमा क्यान्सर दिवस मनाउने गरेको छ। क्यान्सरका कुनैपनि क्यान्सरका बिरामीले विभेद झेल्नु नपरोस् भनेर यस बर्षको नारा 'क्लोजिङ द ग्याप इन क्यान्सर केयर'को नारा दिइएको हो।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

काठमाडौं- 'क्लोजिङ द ग्याप इन क्यान्सर केयर' अर्थात 'क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं' भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस मनाइँदै छ। नेपालमा पनि क्यान्सरको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाउँदैछन्।

National life

क्यान्सर रोगविरुद्ध सचेतनाका लागि नेपाल सरकारले पनि हरेक बर्ष ४ फेब्रुअरीमा क्यान्सर दिवस मनाउने गरेको छ। क्यान्सरका कुनैपनि क्यान्सरका बिरामीले विभेद झेल्नु नपरोस् भनेर यस बर्षको नारा 'क्लोजिङ द ग्याप इन क्यान्सर केयर'को नारा दिइएको हो।

यो नारा २०२४ को ४ फेब्रुअरीसम्मका लागि तय गरिएको हो। यसअघि २०१९ देखि २०२१ सम्म 'म छु र म हुनेछु' भन्ने नारा तय गर्दै मनाइएको थियो। नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ। 

नेपालको अस्पतालहरुको अध्यायनले पुरुषमा सबैभन्दा बढी फोक्सोको क्यान्सर, ठुलो आन्द्राको क्यान्सर, पेटको क्यान्सर रहेको छ भने महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, ठुलो आन्द्राको क्यान्सर रहेको पाइएको छ।

प्रकाशित: Feb 04, 2022| 09:29 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्