आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उखुबारी हत्या घटना : तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

उखुबारी हत्या घटना : तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

मोरङको धनपालथान–७ स्थित उखुबारी हत्या घटनासँग सम्बन्धित हराइरहेका अर्का एक व्यक्तिको शव ललितपुरमा भेटिएको छ।
 |  बिहीबार, माघ २०, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, माघ २०, २०७८

काठमाडौं- मोरङको धनपालथान–७ स्थित उखुबारी हत्या घटनासँग सम्बन्धित हराइरहेका अर्का एक व्यक्तिको शव ललितपुरमा भेटिएको छ। 

National life

प्रहरीका अनुसार ललितपुरको गोदाबारी ठेचोस्थित एक घरको पछाडिपट्टि गाडेको अवस्थामा शव भेटिएका व्यक्ति तेह्रथुमका मोहनप्रसाद लिम्बूको हो। 

अहिले प्रहरीले उक्त स्थानमा शव उत्खनन गरिरहेको छ। यो प्रकरणमा तीन जनाको शव भेटिएपछि थप अुनसन्धान जरुरी रहेको ललितपुर प्रहरीले जनाएको छ। 

मोरङ जिल्ला धनपालथान गाउँपालिका-७ को बोर्डिङ टोल नजिकै बुधबार एक पुरुषको शव फेला परेको थियो। उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको एकदिनपछि त्यहाँबाट ३० मिटरको दुरीमा अर्को शव भेटिएको थियो। 

बुधबार शव भेटिएका व्यक्ति सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ हुन्। 

Laxmi sunrise bank
kumari

बिहीबार फेला परेको शव सप्तरीको शम्भुनाथ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको थियो। उनीहरू तीनै जना मोरङ र झापामा जग्गा कारोबार गर्दै आएका थिए। 

श्रेष्ठ, चौधरी र लिम्बू साथीसाथी हुन्। तीनै जना मंसिरको सुरुवाततिर ‘व्यवहार मिलाउन’भन्दै भक्तपुरबाट पूर्वतिर लागेका थिए। 

हत्या कसरी भयो भन्नेबारे पनि प्रहरी अहिलेसम्म यकिन भएको छैन। श्रेष्ठ र चौधरीको पोस्टमार्टम रिपोर्ट आए पनि अभियुक्तसम्म नपुगिन्जेल त्यसलाई प्रहरीले सार्वजनिक गरेको छैन। 

प्रकाशित: Feb 03, 2022| 19:15 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।