काठमाडौं- निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट् लिमिटेडले साउन १३ गतेखदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र मकवानपुरका स्थानीय बासिन्दालाई ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ। जसमा प्रतिसाधारण शेयर १०० रुपैयाँमा प्रिमियम रकम २०० रुपैयाँ थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको हो।
आईपीओ निष्कासनबाट उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्ने भएको छ। पहिलो चरणको आईपीओ निस्कासन साउन १३ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म रहने कम्पनीले सार्वजनिक गरेको छ।
जानकारी अनुसार आईपीओको लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि मकवानपुर वासिन्दाहरुले आवेदन दिन सक्नेछन्। हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब रुपैयाँ रहेको छ। जारी पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको छ।
कम्पनीले आईपीओ बाँडफाँट गरेपश्चात चुत्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ पुर्याउने जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४