काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५.३८ अंक घटेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक रातो भएपछि नेप्से बजार ५.३८ अंकले घटेर १ हजार १९३.३९ विन्दुमा पुगेको हो।
बुधबार पनि नेप्से परिसूचक ५.५४ अंकले घटेर १ हजार १९८.७७ विन्दुमा पुगेको थियो भने कारोबार १७ करोड ५३ लाख ७७ हजार ६८७ रुपैयाँको कारोबार भएको थियो।
बिहीबार ‘क’वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.९६ प्रतिशत घटेर २५१.४२ विन्दुमा पुगेको छ।
सेयर बजारमा आएका १६२ कम्पीहरुको ३ हजार ७७२ शेयर १९ लाख १८ हजार ६४८ पटक खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट ५६ करोड १२ लाख ८१ हजार ८४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
शेयर बजारमा आएका १० मध्ये अधिकांश समूह रातो भएको छ। होटल र उत्पादन समूहबाहेक सबैको परिसूचक घटेको हो।
जसमा सबैभन्दा बढी नन लाइफ इन्सोरेन्स समूहको परिसूचक ८०.८२ अंक घटेको छ। त्यसपछि लाईफ इन्सोरेन्सको ४३.५५, माइक्रोफाइनान्स समूहको परिसूचक १६.२३ अंकले घटेको छ। सबैभन्दा कम फाइनान्स समूहको परिसूचक ०.५७ अंक घटेको छ।
त्यस्तै सबैभन्दा बढी होटल समूहको परिसूचक १४.६१ अंक बढेको छ भने उत्पादनमुलक समूहको परिसूचक ०.४६ अंक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४