शुक्रबार, जेठ १, २०८३

विश्वभर थप ११ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर २९ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर २९ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

National life

वर्ल्डोमिटर्सको तथ्‍यांकअनुसार विश्वभरका २९ लाख ७० हजार ४५९ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा ११ हजार २७१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

गत २४ घण्टामा सबैभन्दा धेरै फ्रान्सका तीन लाख १५ हजार ३६३ जना संक्रमित थपिएका छन्। सोही अवधिमा फ्रान्समा २७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

यस्तै अमेरिकामा दुई लाख ४९ हजार ५७६ संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाको अवधिमा दुई हजार ३४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

को वर्ल्डोमिटर्सका अनुसार जर्मनीमा दुई लाख २३ हजार ३२२, ब्राजिलमा एक लाख ८८ हजार ५५२, भारतमा एक लाख ६४ हजार ५९३, रुसमा एक लाख ४१ हजार ८८३, इटालीमा एक लाख १८ हजार ९९४, टर्कीमा एक लाख १० हजार ६८२, बेलायतमा ८८ हजार ८५ तथा स्पेनमा ८६ हजार २२२ जना संक्रमित थपिएका छन्।

यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या ३८ करोड ५० लाख नाघेको छ। यस्तै मृत्यु हुनेको संख्या ५७ लाख १७ हजार नाघेको छ।

प्रकाशित: Feb 03, 2022| 07:15 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्