बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाणको सचिवालयले जनाएको छ। हिजो मंगलबारमात्र निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए। 

सुरक्षा समिति बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन्।  

प्रकाशित: Feb 02, 2022| 14:03 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...