बुधबार, भदौ ३, २०८३

देउवा र प्रचण्डसँग छलफल गरेपछि माधव नेपालले भने– गठबन्धन टुट्दैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका नेपालले दिउँसो आयोजित एक कार्यक्रममा यस्तो दाबी गरेका हुन्।

अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताए। बालुवाटारमा भएको छलफलमा आफूहरुबीच गठबन्धनलाई दिगो रूपमा लैजाने सहमति भएको सुनाए।

‘हामीले पाँचदलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,’ अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन।’

उनले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरे। नेपालले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं। जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’

आफूहरुले संविधान जोगाएको र लोकतन्त्र बचाएको तर्क गरे। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण प्रतिनिधिसभा चल्न नसकेको भन्दै आपत्ति जनाए। 

प्रकाशित: Feb 02, 2022| 13:54 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...