काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
उनीहरूबीच स्थानीय तहको निर्वाचन, एमसीसीलगायत विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए। निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेसँगै नेताहरूले छलफल र परामर्शलाई बढाएका छन्।