मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्भेष्टमेण्टलार्इ युरोमनी एक्सिलेन्स वेस्ट बैंक अवार्ड

इन्भेष्टमेण्टलार्इ युरोमनी एक्सिलेन्स वेस्ट बैंक अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले युरोमनी एक्सिलेन्स उत्कृष्ट बैंक नेपाल २०१८ ‘युरोमनी एक्सिलेन्स-वेस्ट बैंक नेपाल’ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
 
प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा एशियाका पाँच सय बढी विशिष्ट व्यक्तित्वहरुको सहभागी एक भव्य समारोहबीच बैंकलाई पुरस्कार प्रदान गरिएको थियो। 

पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई हस्तान्तरण गरिएको थियो।  बैंकले उक्त अवार्ड पहिलो पटक प्राप्त गरेको हो। सन् १९६९ मा प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि मात्र प्रदान गरिन्छ। 

यस बर्ष १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता रहेको जनाइएको छ। आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको बैंकको हाल ७७ वटा शाखा  तथा १०४ वटा एटिएम छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ।

एस डेभलपमेण्ट बैंक लिमिटेडको प्राप्ति पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको आर्थिक वर्ष २०७४-७५ को तेस्रो त्रैमाशसम्ममा चुक्ता पूँजी १०.६५ अर्ब पुगेको छ भने बैंकको प्राथमिक पूँजी २०.९४ अर्ब रुपैयाँ पुगेको छ।
 
त्यस्तै बैंकले १३०.२ अर्ब निक्षेप संकलन गरी ११८.८ अर्ब कर्जा प्रवाह गरेको छ। यस अवधिसम्ममा बैंकले २.८४ अर्ब खुद नाफा गर्न सफल भएको छ। तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७६ प्रतिशतमा सिमित पारेको छ।

पाँच पटकसम्म  बैंक अफ द इयर प्राप्त गरिसकेको बैंकले आफ्नो सञ्चालन कालको ३२ वर्ष पूरा गरी उत्कृष्ठ सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ। बैंकले अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइसिआरए) नेपालबाट ए प्लस को मान्यता समेत प्राप्त गरिसकेको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्