बिहीबार, चैत ५, २०८२

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ।

National life

सुनसरीको धरान-१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए।

गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यवस्था जटिल बन्दै गएपछि उनी माघ १६ गते अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।

कोरोनाविरुद्धको खोप लगाएका उनी मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित थिए।

प्रकाशित: Feb 02, 2022| 12:39 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्