वीरगञ्ज- वीरगञ्जमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका-३ बागदेवका २२ वर्षीय युवक रहेका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि माघ १५ गते पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। उनको अवस्था गम्भीर भएपछि माघ १६ गते थप उपचारको लागि नरायणी अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारकै क्रममा मंगलबार दिउँसो ४:३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायणी सिंहले बताए। उनले कोरोना विरुद्धको खोप लगाएका थिएनन्। उनको मृत्युको कारण गम्भीर प्रकृतिको कोभिड निमोनिया रहेको डा. सिंहले बताए।