काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदमा कार्यरत २१ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन्। बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको हो।
कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता बापत प्राप्त प्राप्तांकका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको समितिले जनाएको छ।