शनिबार, साउन ३०, २०८३

शनिबारसम्मै नेपालमा वर्षा र हिमपातको सम्भावना

देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव छ। आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव छ। आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश नम्बर-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा साथै गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबारसम्म नै नेपालको मौसम प्रभावित हुने पूर्वानुमान गरिएको छ। शनिबारसम्म देशका तराई तथा पहाडी भेगमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

प्रकाशित: Feb 02, 2022| 06:45 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।