बुधबार, भदौ ३, २०८३

स्थानीय तहको चुनाव २०७९ जेठ ४ गते एकै चरणमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो। 

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको छ। प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्‍नुभएको छ। अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ।'

प्रधानमन्त्रीसँग आयोगले २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

‘आयोग र प्रधानमन्त्रीज्यूलगायत मन्त्रीज्यूहरु समेतको टिमसँग आयोगको भेट भयो। सो अवसरमा आयोगले संविधान र कानून बमोजिम आगामी जेठ ५ गते पछाडि स्थानीय तहका पदाधिकारीहरुको पद रिक्त हुने भएको हुनाले जेठ ४ गते निर्वाचन गर्नको लागि, २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गर्‍यो। प्रधानमन्त्रीज्यूले आवश्यक प्रक्रिया पूरा गरेर आयोगले तोकेको मितिमा निर्वाचन गराउने कुरा उहाँले जानकारी दिनुभयो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। 

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन। 

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सहमति जनाएपछि मंगलबार प्रधानमन्त्रीले जेठ ४ मा गर्ने बताएका हुन्। 

प्रकाशित: Feb 01, 2022| 16:44 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...