सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तामाङ समुदायले सोनाम ल्होसार : कूलपूजा र प्रकृतिको पूजा गर्दै तामाङ समुदाय

तामाङ समुदायले सोनाम ल्होसार : कूलपूजा र प्रकृतिको पूजा गर्दै तामाङ समुदाय

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औं वर्ष सुरु हुन्छ।
 |  बुधबार, माघ १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

vianetvianet

काठमाडौं- तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औं वर्ष सुरु हुन्छ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्‍न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्‍न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ।  कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने भएको छ। 

तामाङहरुलाई प्रकृतिप्रेमी समुदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन्। यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ। सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ। ल्होछार मनाउने समूदायमा 'ल्हो' अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपक्षी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरु जंगली बँदेल वर्षमा पुगेर सकिन्छ। बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ। किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्‍न पशुपक्षीका नामले सम्बोधन गरिन्छ। त्यसो त तामाङ समुदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलार्इ 'चन्द्र पात्रो' भनिन्छ।


प्रकाशित: Feb 02, 2022| 06:00 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।