काठमाडौं- सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको हो।
मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो। तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए।
यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले सोनाम ल्होसारको अवसरमा दिइने बिदालाई कटौती गरेको थियो।