सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • वामदेवको दाबी– मैले पार्टी बनाए कांग्रेसदेखि माओवादीसम्मका नेता-कार्यकर्ता आउँछन्

वामदेवको दाबी– मैले पार्टी बनाए कांग्रेसदेखि माओवादीसम्मका नेता-कार्यकर्ता आउँछन्

वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने चर्चासँगै राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ।
 |  मंगलबार, माघ १८, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, माघ १८, २०७८

vianetvianet

काठमाडौं– वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने चर्चासँगै राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ। पूर्वएमाले नेता एवं वर्तमान राष्ट्रियसभा सदस्य गौतम अहिले कुनै दलमा आबद्ध छैनन्। बहुदलयता एमालेको शक्तिशाली एक धारको नेतृत्वमा रहेका गौतमसँग नयाँ पार्टी गठनबारे नेपाल समयले छोटो कुराकानी गरेको छ।

सुरुमा हामीले उनलाई सोधेका थियौं– अचानक तपाईंको अगुवाइमा नयाँ पार्टी गठन गर्ने कुरा किन आयो? गौतमले भने, ‘नयाँ केही काम गर्नुपर्छ भन्ने सोच गरेको हो। पहिलो कुरा त, म आफैं कोरोनाबाट मुक्त हुनुपर्छ। कोरोनाको अवस्थामा सुधार भयो भने म देशव्यापी रूपमा जान्छु। आफूले सँगै काम गरेका साथीहरू भेट्छु।  

मैले साठी वर्ष कम्युनिष्ट आनदोलनमा बिताइसकेँ। यो साठी वर्षमा कतिपय सहयोद्धा साथीहरू बितिसकेका छन्। उनीहरूका सन्तानसँग कुरा गर्छु। जनताको मत बुझ्दै आफूसँग काम गरेका सबै साथीसँग सम्पर्क गरेर उनीहरूको राय बुझेर मात्र निर्णय गर्छु। सबै ठाउँबाट अहिले नै पार्टी गठन गर्नु हुँदैन भन्ने कुरा आयो भने पार्टी नबन्न पनि सक्छ। बहुसंख्यकले नयाँ पार्टी बनाउनैपर्छ भनेर जोड गरेमा त्यसैअनुसार अगाडि बढ्छौं। 

आफूले नयाँ पार्टी गठन गरेको खण्डमा नेकपा (एमाले) र नवगठित नेकपा (एकीकृत समाजवादी) बाट धेरै नेता–कार्यकर्ता आउने उनले दाबी गरे। भने, ‘मैले पार्टी गठन गर्दाखेरि त एमाले, एकीकृत समाजवादी र माओवादीबाट मात्र होइन, कांग्रेसबाट पनि आउँछन्। भूमिगत रहेका समूहका मानिस पनि आउँछन्। तर सबै पक्षसँग नबुझीकन मैले कोको आउँछन् भन्न मिल्दैन। मैले त प्रारम्भिक अनुमान गरेको मात्र हो।

नयाँ पार्टीमा युवाहरूलाई पनि जोड्नुहुन्छ? भनने प्रश्नमा गौतमले भने, ‘पहिलो काम त मैले हिजो देशभरि कम्युनिष्ट पार्टी निर्माण गर्दाका सबैसँग कुरा गर्ने हो। त्यसक्रममा देशभरिका युवाहरू पनि जोडिन्छन्। तर अहिले तत्काल नै यस्तो पार्टी बन्छ, उस्तो बन्छ भन्न मिल्दैन। नयाँ कामको योजना दिमागमा मात्र छ। जनता, कार्यकर्ता सबैको धारणा स्पष्टसँग बुझेर मात्र मैले निर्णय गर्ने हो। 

National life insurance

प्रकाशित: Feb 01, 2022| 14:43 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...