बुधबार, भदौ ३, २०८३

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुले देखायो कालो झन्डा

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले विद्यार्थी संगठन अनेरास्ववियुले कालो झण्डा देखाएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले विद्यार्थी संगठन अनेरास्ववियुले कालो झण्डा देखाएको छ। स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीले मंगलबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि मन्त्री कार्कीलाई कालो झन्डा देखाएका हुन्।

मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाइएको हो। आन्दोलनरत विद्यार्थीले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए। 

प्रकाशित: Feb 01, 2022| 11:52 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...