बुधबार, भदौ ३, २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दूधको समर्थनमूल्य वृद्धि गर्नेलगायतका निर्णय गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दूधको समर्थनमूल्य वृद्धि गर्नेलगायतका निर्णय गरेको छ। सरकारले दूधको समर्थन मूल्य ६.५२ रुपैयाँले वृद्धि गरी ५६.०४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ। 

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। यद्यपि दूधमा हुने फ्याट र एनएसएफका आधारमा उक्त मूल्यभन्दा बढी उत्पादकले पाउन सक्छन्। उपभोक्ताले प्रयोग गर्ने प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तोक्दै आएको छ। 

बैठकले केन्द्रीय खुला विश्वविद्यालको उपकूलपतिमा डा शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गरेको छ। उनी शंकरदेव क्याम्पसकी पूर्वप्रमुख समेत हुन्। 

नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन्। त्रिभुवन विश्वविद्यालयको प्राध्यापक उनले त्रिविबाटै व्यवस्थापन संकायमा विद्यावारिधि गरेकी छन्।

यस्तै नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। यस्तै अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ। 

यसैगरी बैठकले शिक्षक अस्पतालका लागि भरतपुरमा जग्गा प्रदान गर्ने निर्णयसमेत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 


प्रकाशित: Jan 31, 2022| 20:59 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...