बिहीबार, चैत ५, २०८२

स्मरण शक्ति बढाउन खानुपर्ने यी १३ चिज

मस्तिष्कको स्मृति विकास र सुधारको लागि पोषक तत्वको आवश्यक हुन्छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं-  शरीर सुतेको बेलासमेत मस्तिष्क सक्रिय हुन्छ। भोजनको प्रभाव शरीरमा पर्छ। त्यसैगरी हामी जे खान्छौ त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ। मस्तिष्कका लागि यस्तो भोजनको आवश्यक्ता हुन्छ, जसले यसको क्रियाशिलता बढाउँछ।

National life

सामन्यतया: अन्य कामका साथै हामी आफ्नो मस्तिष्कलाई पनि काममा लगाइराख्छौं। कतिपय चरणमा हाम्रो मस्तिष्कलाई सुधारको आवश्यक हुन्छ। र, यस्तो तरिका पनि निश्चित रुपको हुन्छ, जसको सहयोगले मस्तिष्कको क्षमता बढाउन सकिन्छ। मस्तिष्कको स्मृति विकास र सुधारको लागि पोषक तत्वको आवश्यक हुन्छ।

ओखर ओमेगा

फ्याटी एसिडले मस्तिष्कलाई सुरक्षा गर्छ। ओमेगा ३ ले धमिनीलाई स्वच्छ राख्छ र रक्तप्रवाह बढाउँछ। यसको प्रभाव मस्तिष्कमा पनि पर्छ, जसले क्रियासिल र स्वस्थ्य बनाउँछ। ओखर ओमेगा ३ को सबैभन्दा राम्रो स्रोत हो।

गंगटा

Laxmi sunrise bank
kumari

कतिले गंगटा खान घिन मान्छन्। तर, कतिपय स्थानमा गंगटा खोजी-खोजी खाइन्छ। गंगटामा एमिनो एसिड फिनाइलेलाइन पाइन्छ, जसले मस्तिष्कलाई पोषण दिन्छ। केहि माछामा यस्तो तत्व पाइन्छ तर गंगाटा यसको सबैभन्दा राम्रो स्रोत हो।

फापर

यसले प्राकृतिक रुपमा तपाईको स्वभावलाई शान्त तुल्याउँछ। साथै यो म्याग्नेशियमको राम्रो स्रोत हो। यसको सेवनले मस्तिष्कको कार्य-क्षमता बढ्छ।

चना

चना म्यानेसियमको एकदमै राम्रो स्रोत हो। म्याग्नेसियमले मस्तिष्कको कोशिकामा सन्देशलाई संचार तिब्र गर्न लाभदायक हुन्छ। यसले रक्तको धमनीलाई आरम दिन पनि उपयोगी हुन्छ।

एभोकाडो

एभोकाडो मोनोअनस्यचुरेटेड वोसो, ओमेगा घ, ओमेगा ट फ्याटी एसिडको स्रोत हो। यसले तपाईको मस्तिष्कमा रक्त संचार बृद्धि गर्न, कोलेस्ट्रोल क मगर्न र एन्डिअक्सिडेन्ट ग्रहण गर्नमा सहयोग गर्छ। एभोकाडोमा एक एन्टिअक्सिडेन्ट हुन्छ, जसले मस्तिष्कलाई पि|m रेडिकलबाट हुने क्षतिबाट जोगाउँछ। यो पोटोसियम र भिटामिन केको पनि राम्रो स्रोत हो।

चिप्ले भिन्डी

तरकारीको रुपमा प्रयोग हुने चिप्ले भिन्डी पनि मस्तिष्कको शक्ति बढाउन निकै उ

माछा 

माछामा ओमेगा-३ फ्याट हुन्छ, जो मस्तिष्कका लागि उत्तम मानिन्छ। साथै माछामा मस्तिष्कका लागि आवश्यक तत्व ईपीऐ र डी एच ऐ पाइन्छ।

अन्न

शरीरको अन्य अंग जस्तै मस्तिष्कलाई कार्य गर्नका लागि शक्तिको आवश्यक हुन्छ। अन्नले मस्तिष्कको यो आवश्यक्ता पुरा गर्छ।

गोलभेडा

गोलभेडामा शक्तिशाली एन्टिअक्सिडेन्ट लायकोपेन पाइन्छ, जसले अल्जाइमर जस्ता रोगबाट बचाउँछ।

ब्लुबेरी

ब्लुबेरी सेवन पनि मस्तिष्कका लागि आवश्यक हुन्छ। यसले एकाग्रता बढाउन सहयोग गर्छ।

भिटामिन

भिटामिन बि, बि-१२, बि-६ आदि अल्जाइमर र स्ट्रोक जस्ता रोगबाट मुक्त दिलाउँछ। साथै भिटामिन सियुक्त भोजन लिनुपर्छ। यसले स्मरणशक्ति बढाउँछ।

ब्रोकाउली

ब्रोकाउलीको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्छ। साथै तार्किक क्षमता बढाउनका लागि पनि यो राम्रो स्रोत हो।

ज्वानो

मसलाको रुपमा प्रयोग हुने ज्वानो पनि मस्तिष्कको स्वस्थ्यका लागि आवश्यक हुन्छ। 

प्रकाशित: Feb 01, 2022| 05:30 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्