बिहीबार, चैत ५, २०८२

२४ घण्टामा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी, ३ लाखले लगाए खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ। सोमबार १६ हजार ८८ परीक्षण गर्दा संक्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमित हुनुभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ। सोमबार १६ हजार ८८ परीक्षण गर्दा संक्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ। 

National life

यस्तै  संक्रमणमुक्त हुने संख्या आठ हजार १९१ पुगेको छ। यो दर ९०.५ प्रतिशत हो। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ।  

आठको निधन

विगत २४ घण्टामा आज आठजनाको संक्रमणको कारणले निधन भएको छ। अहिलेसम्म ११ हजार ७४३ जनाको संक्रमणका कारणले निधन भएको छ। 

यस्तै ५००  भन्दा बढी संक्रमण भएको जिल्ला १८ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। 

Laxmi sunrise bank
kumari

यस्तै २०० भन्दा बढी संक्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन्। 

नेपालमा संक्रमण दर १८.२ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ। 

तीन लाख बढीले लगाए खोप

विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ। 

प्रकाशित: Jan 31, 2022| 20:01 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्