शुक्रबार, जेठ १, २०८३

स्वास्थ्य मन्त्रालयले माग्यो कोरोना खोपको विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण मागेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण मागेको छ। मन्त्रालयले सोमबार सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण मन्त्रालयको डीएचआईएस–२ प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्न सूचित गरेको हो।

National life

मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई माघ २१ गते ४ बजे भित्रमा विवरण उपलब्ध गराउन भनेको छ।

सरकारले खरिद र अनुदानमार्फत प्राप्त गरेको कोरोना विरुद्धको झण्डै १९ लाख मात्रा खोपको अभिलेख नराखेको पाइएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।

सरकारले अनुदान र खरिदमार्फत ४ करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरेको छ। त्यसमध्ये सरकारले १ करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत २ करोड ८३ लाख ८८ हजार ८ सय ४० प्राप्त गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ। 



प्रकाशित: Jan 31, 2022| 16:49 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्