बिहीबार, चैत ५, २०८२

त्रिविका स्थगित परीक्षा फागुनमा हुने

त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणका कारण स्थगित गरिएका परीक्षा फागुनमा सक्ने गरी सञ्चालन गर्ने जनाएको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणका कारण स्थगित गरिएका परीक्षा फागुनमा सक्ने गरी सञ्चालन गर्ने जनाएको छ।

National life

सोमबार बसेको त्रिवि पदाधिकारीको बैठकले केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर फागुनमा सञ्चालन गर्ने निर्णय गरेको हो। नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडका कारण स्थगित भएका पूर्व निर्धारित परीक्षाको रुटिन दुई तीन दिनभित्रमा जारी गर्ने बताए। उनले भने,‘ सञ्चालनको क्रममा रहेका बाँकी परीक्षाहरु र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेर परीक्षाको तालिका प्रकाशन भएर स्थगित हुन पुगेका परीक्षा सञ्चालन गर्छौं। परीक्षा फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक हुन्छ।’

विश्वविद्यालयले कोभिड १९ को तीव्र संक्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमण भएका कारण सम्पूर्ण परीक्षाहरु स्थगित गर्न यसअघि सूचना जारी गरेको थियो। कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित भएका छन्।

प्रकाशित: Jan 31, 2022| 16:10 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्