बिहीबार, चैत ५, २०८२

वीर अस्पताललाई आईसीयू बेड र प्रहरी अस्पताललाई सर्जिकल मास्क हस्तान्तरण

– निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं– निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।

National life

प्रतिष्ठानको तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले विर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरे।

सोही क्रममा आजै उनीहरुले नेपाल प्रहरी अस्पताल पानीपोेखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गरे। डा. विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठन नेपालको संयोजनमा विर अस्पतालमा ३० वटा आइसीयू बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो। 

डा. पोखरेलको पहल कदमीमा चिनियाँ संघसंस्था र सहयोगी हातहरुका तर्फबाट प्राप्त १५० वटा आइसीयु बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरुमा वितरण गरिने मन्त्री श्रेष्ठले जानकारी दिइन्।

डा. विप्लवमणि पोखरेलको पहलकदमीमा प्रतिष्ठानको तर्फबाट पाटन अस्पता, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल चितवन, योगी नरहरी नाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, पर्वत जिल्ला अस्पताल पर्वत, बाग्लुङ जिल्ला अस्पताल लगायतमा आइसीयू बेड, सर्जिकल मास्क र वडी व्याग वितरण गरिसकेको छ। 

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 31, 2022| 15:05 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्