शुक्रबार, जेठ १, २०८३

चिकित्सा शिक्षा स्नातकोत्तर तह एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

National life

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।

आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षातर्फका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम निर्धारण गरिएको योग्यताक्रमको आधारमा नतिजा प्रकाशन गरिएको जनाएको छ। आयोगले प्रकाशन गरेको नतिजामा पुर्नयोग गर्न चाहने परीक्षार्थीले हिमालयन बैंकको ०४३०८९३१६७००१७ नं खातामा एक हजार रकम जम्मा गरेको भौचर संलग्न गरी १७ गते बिहान १० बजेदेखि १९ गते अपरान्ह ५ बजेसम्म निवेदन दिन सकिने जनाइएको छ।


प्रकाशित: Jan 31, 2022| 12:22 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्