काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ। गतसाता आइतबारदेखि बुधबारसम्म १५० अंकले घटेको सेयर बजार बिहीबार सामान्य सुधार आएको थियो। तर आइतबार एकैदिन १०५.५५ अंकले सेयर बजार सूचक वृद्धि भएको हो।
आइतबार ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएक छ। बुधबार सबै उपसूचक हरिया बनेका छन्।
सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक ६.५६ प्रतिशतले वृद्धि भएको छ भने लगानी र फाइनान्स समूहका उपसूचक पनि ६ प्रतिशतभन्दा बढीले नै वृद्धि भएका छन्।
आइतबार सबैभन्दा बढी कमाउनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी कम्पनी र शिवश्री हाइड्रोको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ। सबैभन्दा बढी गुमाउनेमा मन्जुश्री फाइनान्स डिबेन्चर २०८५ छ। यसको मूल्य ३.२३ प्रतिशतले घटेको छ।
सबैभन्दा बढी कारोबार हुनेमा अपी पावर कम्पनी छ। यसका २६ करोड १५ लाख रुपैयाँ बन्दा बढीका सेयर कारोबार भए। यसको अन्तिम मूल्य ५४६ रुपैयाँ छ। नेपाल टेलिकम र जलविद्युत लगानी तथा विकास कम्पनीले कारोबार रकममा अपीलाई पछ्याएका छन्। यी दुवै कम्पनीको २३ करोडभन्दा बढी रकमको कारोबार भएको छ।