बुधबार, असार ३१, २०८३

पूँजी बजार संघको अध्यक्षमा राधा पोखरेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्षमा राधा पोखरेल चयन भएकी छिन्। बुधबार बसेको संघको पूर्ण बैठकले अध्यक्ष नबराज सुवेदीलाई पदबाट हटाएर संघका उपाध्यक्ष पोरखेललाई अध्यक्ष चयन गरिएको हो।

सुवेदी शेयर लगानीकर्ता संघमा समेत अट्न नसकेर कारबाहीमा परी बाहिरिएका थिए।
 
अध्यक्षमा चयन भएसँगै पोखरेल पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन्। त्यस्तै संघका उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाई, सचिवमा एनवी थापा, कोषाध्यक्षमा कल्पना शर्मालाई चयन गरिएको बताइएको छ। 

सदस्यहरुमा आविष्कार घिमिरे र वाइपी दाहाललाई चयन गरिएको विज्ञप्तिमार्फत संघले जानकारी गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्