शनिबार, जेठ २, २०८३

बुस्टर डोज लगाउन जाँदा के-के चाहिन्छ?

धेरैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउँदा के लगेर जाने भन्ने अलमल परेको हुनसक्छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं- धेरैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउँदा के लगेर जाने भन्ने अलमल परेको हुनसक्छ। त्यसका लागि सरकारले दुवै मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अग्रपंतिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचय पत्र सँगै लैजानुपर्ने छ।

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूको हकमा भने उपचार गराइरहेको वा औषधि सेवन गरिरहेको अस्पतालको पुर्जा साथमा हुनुपर्ने मन्त्रालयले जनाएको छ।

६० वर्षमाथिका नारिकको हकमा भने उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ।



प्रकाशित: Jan 30, 2022| 12:19 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्