बुधबार, असार ३१, २०८३

सीसीडी रेसियो हटाउन माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो हटाउन माग गरे। बुधबार नेशनल बैकिङ इन्सिच्युटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सीसीडी रेसियोलाई हस्तक्षेप नगर्ने हो भने सेयर बिक्री नहुँने बताए।

सेयर बजार निरन्तर घटिरहेको हुँदा आइपिओ, एफपिओ र हकप्रद शेयर बिक्ने अवस्था नआएको उनको भनाइ छ। उनका अनुसार बुटवल पावरको एफपिओ बिकेन, एनएमबिको पनि अन्तिममा मात्रै बिक्री भयो। अब यस्तै अवस्था रहे सस्तैमा खोलिएको  आइपिओ पनि बिक्छ छोड्छ।
 
विश्वका धेरै देशले सीसीडी रेसियोलाई  खारेज गरेर बासेल थ्री कार्यान्वयन गरेको समेत कार्यक्रममा उनले  जानकारी दिए। प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) नहटाएसम्म बैंकमा लगानी योग्य पुँजीको समस्या समाधान नहुने दावी गरेका छन्।

विगत दुई वर्षदेखि निरन्तर लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) को समस्या झेल्दै आएका बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि अघिल्ला वर्षको जस्तो समस्या देखिने उनको  दावी छ।
  
सीसीडी रेसियो हटाए मात्र बैंकिङ प्रणालीमा देखिएको क्रेडिट क्रन्च समस्या समधान हुने उनले  जिकिर गरे। त्यस्तै उनले  ठूला परियोजनामा स्थानीय स्रोतले नपुग्ने भन्दै यसमा वैदेशिक लगानी आवश्यक पर्ने बताए। ‘साना परियोजनामा नेपाली बैंक लगानी गर्न सक्षम छ,’ उनले भने  ‘ठूलामा विदेशी लगानी आवश्यक पर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्